कञ्चनपुरको पुर्नबासमा नालामा डुबेर महिलाको मृत्यु
कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरको पुर्नबास नगरपालिकामा लमैया नाला तर्ने क्रममा आज एक महिलाको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्न जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले प्रहरीलाई खबर गरेका थिए ।
मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकाे प्रहरीले जनाएको छ ।