रामकृष्ण ढकालको स्वरमा ‘माया हुन्छ भनन’

काठमाडाैं, १५ बैशाख । गायक रामकृष्ण ढकालको स्वर तथा बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको संगीतमा आधुनिक शैलीको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक भएको छ ।
गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियो बिहीबार काठमाडौंमा म्युजिक नेपालले एक समारोहबीच सार्वजनिक गरेको हो ।
गीतको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल तथा अभिनेत्री केकी अधिकारी अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ ।
यो गीतलाई म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप तथा ६० भन्दा बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ ।