एसीसी प्रिमियर कप
नेपालविरुद्ध कुवेतले पायाे २८१ रनको लक्ष्य
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालसंग खेलिरहेकाे कुवेतले २८१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो । नेपालकाे ब्याटिङ पश्चात पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए । कुवेतले पाउने लक्ष्य डीएल प्रणालीबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो ।
नेपालले पावर प्लेमा एक ओभर बढी खेलेका कारण कुवेतले एक रन कम अर्थात २८१ रनको लक्ष्य पाएको हो ।