नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।
अब उपाधिका लागि नेपाले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हाे।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल सोझै फाइनलमा पुगेको छ भने ओमान र यूएईबीचको सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भएपछि यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको हाे
उता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।