रास्वपाले लियाे समर्थन फिर्ता, प्रचण्डलाई सरकार जाेगाउन दबाब
काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएकाे छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब परेको हाे। रास्वपाले समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री दाहालले तेस्रोपटक विश्वासको मत लिनुपर्ने हुन्छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारलाई दिएकाे समर्थन कुनै पनि दलले फिर्ता लिए धारा १०० (२) अनुसार ३० दिनभित्र पुन: विश्वासको मत लिनुपर्ने व्यवस्था ।
धारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’
रास्वपाका २१ जना सांसदको समर्थन फिर्ता लिनेवितिकै उनको पक्षमा प्रतिनिधिसभाका १५१ जना सांसद देखिएपनि सत्ता जोगाउन प्रचण्डलाई धरमर भएकाे छ ।
यस्तो अवस्थामा एकीकृत समाजवादी वा जसपाले विश्वासको मत नदिएको अवस्थामा दाहाल नेतृत्वको सरकार पाँच महिना कार्यकाल पुरा गर्न नपाउँदै ढल्नेछ।
केहीदिन अगाडी भएकाे सुर्खेतकाे कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीका कारण आफु मर्माहत भएको बताएका थिए ।
कार्यक्रममा नेपालले भनेका थिए । ,‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ नेपालकाे उक्त वक्तव्यले पनि प्रचण्डलाई विश्वासको मत नपुग्ने देखिन्छ ।
यस्तो अवस्थामा एकीकृत समाजवादी वा जसपाले विश्वासको मत नदिएको अवस्थामा दाहाल नेतृत्वको सरकार पाँच महिनाकाे कार्यकाल पुरा गर्न नपाउँदै ढल्नेछ।
यसअघि एमाले र राप्रपाले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री दाहालले चैत २६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।