रियल मड्रिडलाई कोपा डेल रे कपको उपाधि
एजेन्सी २४ वैशाख । रियल मड्रिड कोपा डेल रे कपको उपाधि हातपार्दै च्याम्पियन बनेकाे छ ।
ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।
शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए ।
पहिलो गोल रोडि्रगोले २ मिनेटमै गरेका थिए । ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए ।
फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे । यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।
