नीति तथा कार्यक्रममाथि छलफल गर्न सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडाैं, ७ जेठ । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ ।

शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न दुवै सदनको बैठक बस्न लागेकाे हाे । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ ।

शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि आजको बैठकमा सांसदहरुले आ आफ्नो धारणा राख्ने कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।

यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।