सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

काठमाडाैं, ८ जेठ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बैठक बस्न लागेकाे हाे ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनकाे बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाकाे बैठक दिउँसो १ बजे बोलाइएको छ।

आजकाे प्रतिनिधि सभाकाे बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ भने राष्ट्रिय सभा बैठकमा पनि सरकारको नीति कार्यक्रममाथि नै छलफल हुनेछ।

आइतबारदेखि सुरू भएको नीति तथा कार्यक्रममाथिकाे छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेज भएकाे भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न सुझाव दिनुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *