अझै सुरु हुन सकेन स्थगित संसद् बैठक
काठमाडौं, १२ जेठ ।नेकपा एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
सभामुख देवराज घिमिरेले सदनकाे बैठक खुलाउन छलफल गरिरहेपनि दलहरुबीच सहमति जुट्न नसक्दा बैठक सुचारु हुन नसकेको हाे ।
छलफलमा एमालेले सांसद लेखनाथ दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान कायमै राखेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलकाे जलहरी राखेकाे कपाेकल्पित र भ्रामक आराेप लगाएकाे भन्दै संसद अवरोध गरेका थिए ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने कार्यसूची थियो ।