निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने

काठमाडौं, १५ जेठ । सरकारकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको छ । त्रिभुवन विमानस्थलको विकल्पका रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त आयोजनाको पूर्व तयारीका लागि बजेट छुट्याएको पनि अर्थमन्त्री महतले जानकारी दिनुभयो । यस वर्ष वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सक्ने, लगानीको मोडालिटी टुंग्याएर निर्माण कार्य चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *