गणतन्त्र दिवसमा युवा संघको दीप प्रज्वलन
काठमाडौं, १६ जेठ । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर र चन्द्रागिरी नगर कमिटीले १६ औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कलंकीमा गरेको हो । कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेकपा (एमाले) सहरी विकास विभागका सदस्य, उत्तम बहादुर राउत, एमाले जिल्ला कमिटी सदस्य दिपक बस्नेत , युवा संघ केन्द्रीय सदस्य गोमा विष्ट, एमाले चन्द्रागिरी नगर कमिटी उपाध्यक्ष, वडा १४ का जनप्रतिनिधि नविन नकर्मी, गिता पोखरेललगायतको उपस्थिति रहेको थियो ।