राष्ट्रपति पौडेलकाे स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएकाे छ ।

उहाँको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको थियो ।

राष्ट्रपति पौडेलको थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालमा रहेका मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

गत मंगलबार राष्ट्रपति पौडेलकाे मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनुभएकाे थियाे। त्यहाँ उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उहाँलाई पुन: समस्या देखिएको हो ।