नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासी, ६ असार । नवलपरासीकाे बर्दघाट सुस्तापूर्व विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

खेतमा काम गर्ने क्रममा उहाँलाई चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते हुनुभएका उहाँलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।