संसदमा एमाले र रास्वपाको अवरोध

काठमाडौं, १२ असार । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी सरकारले गरको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमालें र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्।

सुरुमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा जवाफ आउने भने पनि रास्वपाले अवरोध यथावत राखेको थियो । एमालेले पनि यस विषयमा विरोध जनाएको छ। एमाले सां‌सद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनुपर्ने भन्दै विरोध जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *