नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडाैं, १२ असार । नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएकाे छ ।

आज नेप्से परिसूचक ५६.९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६.३६ पुगेको छ । यसदिन सेन्सेटिभ परिसूचक १३.४० अङ्कले उकालो लागेर ४१२.५१ मा पुगेको छ ।

आज कारोबार आएका १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्य ओरालो लागेकाे छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।

यस दिन एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा यस दिन स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको रु २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको रु २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको रु १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शुन्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।