करेन्ट लागेर एकजनाकाे मृत्यु

कञ्चनपुर, १३ असार । करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए।

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

हाल विष्टकाे शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *