त्रिविको ६४ औं स्थापन दिवसको अवसरमा महेन्द्ररत्नमा रुद्राक्षका विरुवा रोपियो
काठमाडौं, १४ असार । त्रिभुवन विश्वविद्यालयको ६४ औं स्थापन दिवसको अवसरमा महेन्द्ररत्न क्याम्पस ताहाचल स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस परिसरमा रुद्राक्षका विरुवा रोपेको छ । स्ववियु र क्याम्पस प्रशासनको संयुक्त पहलमा विरुवा रोपेको स्ववियु सभापति इश्वर थापाले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख गेहेन्द्र प्रसाद दाहाल र भापति थापसहितले क्याम्पस परिसरमा विरुवा रोपेका हुन् । लामो समयपछि कलेजको स्ववियुले नयाँ नेतृत्व पाएको हो । थापाको नेतृत्वमा स्ववियु जितेपछि खानेपानीको व्यवस्था, क्याम्पस परिसरमै सिनेटरी प्याडको व्यवस्था गर्ने जस्ता सकारात्मक कामको थालनी भएको छ । ‘खेलकुद सामग्री र मन्टेस्वरी शिक्षक तालिम लगाएतका विद्यार्थीकेन्द्रित कार्यक्रममा स्ववियु लागिरहेको छ,’ सभापति थापाले भन्नुभयो ।
