फेरी अवरुद्ध भयाे २७ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडक
काठमाडौं, १७ असार। मुग्लिन-नारायणगढ सडकखण्ड फेरी अवरुद्ध भएको छ ।
पहिराेले अवरुद्ध भएर २७ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडक शनिबार राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले पुनः अवरुद्ध भएको हो ।
राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ भने यात्रुहरूकाे बिचल्ली भएकाे छ ।