काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा बस्नेत

काठमाडाैं, २० असार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जीतेन्द्र बस्नेत नियुक्त हुनुभएकाे छ ।

गृहमन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ताका रूपमा रहनुभएका बस्नेत काठमाडौंको जिल्ला प्रशासन कार्यालयकाे प्रमुख जिल्ला अधिकारीमा नियुक्त हुनुभएकाे हाे ।

मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्रालयकाे सचिवालयले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा हुनुभएपछि मन्त्रालयबाट बस्नेतले उक्त जिम्मेवारी पाउनुभएकाे हो ।