पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

दुर्घटना

काठमाडौँ, असोज ३० । बागलुङको ढोरपाटन नगरपालिका ८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।  आज अपराह्न बाटो काट्ने क्रममा तीव्र गतिमा रहेको पिकअप भ्यानले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार दुर्घटनामा संलग्न पिकअप भ्यान र त्यसका चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *