मिठाईमा प्रयोग गरिएका पदार्थ, उपभोग्य मिति र मूल्य खुलाउनुपर्ने

मिठाई उत्पादन तथा बिक्री

काठमाडौँ, असोज ३० ।  मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार सूचना जारी गर्दै उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा उक्त विवरण राख्न निर्देशन दिएको हो ।

विभागका अनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, तेल वा घिउको प्रकार, मिठाई उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यो व्यवस्था होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने सबै व्यवसायीका लागि लागू हुनेछ ।

विभागले निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने जनाएको छ ।

साथै विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ प्राप्त गरेर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *