नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा सम्पन्न

दुर्गा पक्ष

काठमाडौँ,  असोज ३० । नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।

नवरात्रका अवसरमा दसैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ। नवरात्रमा नवदुर्गाको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *