आज देश भर पानी पर्ने, यी स्थानमा हुनसक्छ जनजीवन प्रभावित

काठमाडाैं, ३१ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले आज देश भर पानी पर्ने सम्भावना रहेकाे छ । देशमा मनसुनको न्यून चापीय सरदर स्थान को आसपासमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ् सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार, राति बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

वर्षा र हावाहुरीबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *