गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्याे मसाल जुलुस

काठमाडौं, ५ साउन । गृहमन्त्रीको राजीनामा माग्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले
सुन तस्करी प्रकरणमा गम्भीररुपमा छानबिन गर्न माग गर्दै मसाल जुलुस निकालेको छ ।

युवा संघले सुन तस्कर काण्डका साना भरियाहरुलाई मात्र समातेर ठूला गिराेहलाई उन्मुक्ति दिने प्रपञ्च रचिरहेको भन्दै विभिन्न नारासहित नयाँबानेश्वरबाट मसाल जुलुस निकालेको हो ।

युवा संघले विभिन्न नाराबाजी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेको छ । संघले तस्करीको सुन विमानस्थलको भन्सारबाट पार भएर बाहिर आएकाेले गृहमन्त्रीले पदमा बसिरहने नैतिकता नरहेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न पनि माग गरेका छन् ।