भारतमा गुडिरहेको रेलभित्र गोली चल्दा ४ जनाको मृत्यु

एजेन्सी, १५ साउन । भारतको मुम्बईमा गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार सोमबार बिहान राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो।

गुडिरहेकाे रेलमा रेलवे प्रोटेक्सन फोर्सका एक सुरक्षाकर्मीले आफूसँग भएको हतियारले गोली चलाएका हुन्।

उनको गोली लागेर फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ।

सुरक्षाकर्मीले किन गोली चलाए भन्ने खुलिनसकेको प्रहरीले जनाएकाे छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको बताएको छ।