क्विन्टल सुन प्रकरणकाे छिनाेफानाे नभएसम्म संसद चल्दैन : अध्यक्ष ओली
काठमाडौं, १५ साउन । नेकपा एमालेले आज संसद अवरोध गर्ने भएको छ ।
त्रिभुवन विमानस्थलकाे भन्सारबाट भित्रिएकाे एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनेर छानबिन नभएसम्म संसद् चल्न नदिने भएको हो।
‘सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भन्नुभयाे ।
सचेतक गिरीले आजकाे बैठकमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाे बताउनुभयाे ।
सचेतक गिरीले भन्नुभयाे, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो ।’
विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।