दोलखामा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता
दोलखा, १९ साउन । दोलखामा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । भने तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।
वडा अध्यक्ष दावा शेर्पाका अनुसार बेपत्ता र घाइतेको परिचय खुल्न सकेकाे छैन । यस्तै टोपाटारमा ३ घर पुरिएको उहाँको भनाइ छ।
यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ भने १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।