रास्वपाले सञ्चालनमा ल्याएकाे मोबाइल क्लिनिक एम्बुलेन्स अवैध ठहरिएपछि फिर्ता
काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरेकाे छ ।
पुरानो मेडिकल कलेजकाे एतिकै थन्किएकाे एम्वुलेन्स रास्वपालाई प्रयोग गर्न अनुमति दिएपनि विभिन्न निकायबाट अवैध ठहरिएकाे आवाज आएपछि कलेजलाई नै फिर्ता गरेकाे हाे ।
रास्वपा सभापति रवि लामिछाने विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए ।
एम्बुलेन्स गैरकानूनी रुपमा रंग परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको र जति पुरानो भए पनि एम्बुलेन्सलाई यसरी सञ्चालन गर्न नपाइने भनेर सरकारी निकायबाट अस्पतालमा पत्र पुगेपछि एम्बुलेन्स फिर्ता गरेर आजै अर्को एम्बुलेन्स भाडामा लिइ सेवालाई निरन्तरता दिइएकाे रास्वपाका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले बताए ।
उनले भने, ‘पुरानो भएर नवीकरण समेत नगरी थन्काइएको एम्बुलेन्सलाई हामीले मोबाइल क्लिनिक सञ्चालन गर्न निलो रंग लगाइ ‘मोबाइल क्लिनिक’ का रूपमा चलाएका थियाैं । हामीले आजै निलो रंग हटाएर पुरानै रंगमा राख्न दिइसकेका छौँ,