कपिलवस्तुको कृष्णनगरमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तु, २४ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा राम अवतार यादवका छोरा सात वर्षीय साजन यादव र पाँच वर्षीय राजन यादव रहेका छन् ।

यादव दाजुभाइको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएकाे छ । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उहाँले बताउनुभयो ।

यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । मंगलबार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *