स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा स्पेन

काठमाडौं, ३० साउन । स्पेनले स्विडेनलाई हराउँदै फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको आजकाे पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २-१ गोलअन्तरले हराउँदै स्पेन पहिलाे पटक फाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई पहिलो पटक फाइनलमा पुर्‍याउन सल्मा पारालुइलो र ओल्गा कारमोनाले एक-एक गोल गरे ।स्विडेनका लागि रेबेका ब्लोमक्भिस्टले एक गोल फर्काइन् ।

सल्मा पारालुइलोले ८१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर स्विडेनकी रेबेकाले ८८ औँ मिनेटमा बराबरी गोल गरिन् ।

८९ औँ मिनेटमा ओल्गाले गरेको गोलसँगै स्पेन विश्वकप फुटबलको पहिलाेपटक फाइनलमा प्रवेश गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *