राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सर्वदलीय बैठक, नेकपा एमालेबाट बहिष्कार

काठमाडाैं, ५ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेकाे छ ।

राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुअघि गत साउन ३१ गते बसेकाे बैठकमा राष्ट्रपति सँग एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट हुनुभएकाे थियाे ।

यही असन्तुष्टीका कारण समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु सहभागी नभएकाे श्राेतले जनाएकाे छ ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आइरहेकाले थियाे । यहि विषयलाई लिएर राष्ट्रपतिले दाेषाराेपण गरेपछि असहमति जनाउँदै नेकपा एमाले सर्वदलीय बैठकमा सहभागी नभएकाे हाे ।

राष्ट्रपतिको त्यस्ताे किसिमकाे भनाइबाट अध्यक्ष ओली असन्तुष्ट बनेका थिए।