कलाकार सानु ताम्राकार रहनु भएन

काठमाडौं, ९ भदौ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको हाे ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकार विगत २४ दिनदेखि अस्पतालमा उपचाररत रहनुभएकाे थिए ।

कलाकार ताम्राकारकाे आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।

कलाकार ताम्राकारले ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’ लगायतका चलचित्रमा अभिनय गर्नुभएका छन् ।

कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार हुनुहुन्छ । ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गर्नुभएको थियो ।