काठमाडौंमा आज गाईजात्रा
काठमाडौं १५ भदौ । काठमाडौंमा आज सापारु अर्थात गाईजात्रा मनाइँदैछ । तिथि सम्बन्धी अन्यौलका कारण भक्तपुरमा हिजै सापारु मनाएको भए पनि काठमाडौंमा आज मनाइरहेको हो ।
यस क्रममा आज काठमाडौंको हनुमानढोका क्षेत्र लगायत भित्री शहरका विभिन्न स्थानहरूमा सायाः निकालिएको छ । यो वर्ष दिवंगत भएका आफन्तलाई स्वर्गमा बास मिलोस् भन्ने कामना गरी गाईजात्रा निकाल्ने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘सायाः’ भनिन्छ ।
सायाः जहाँबाट निकालेको भए पनि त्यो हनुमानढोका दरवार क्षेत्रमा एक पटक प्रवेश गर्ने चलन रहेको छ ।
गाईजात्रा व्यवस्थापनः
यो वर्ष गाईजात्रा पर्वलाई व्यवस्थापन गर्न हनुमानढोका क्षेत्र वरपरका विभिन्न स्थानीय खलः, पुचः, क्लब लगायत विभिन्न निकायहरूले सुरक्षा, खानेपानी, स्वास्थ्य, सरसफाई, ट्राफिक व्यवस्थापनको कार्य गरेका थिए ।
खानेपानीको व्यवस्था
स्वास्थ्य सेवा
तत्कालै सरसफाई
बाटोमा फोहोर उठाउँदै
ट्राफिक व्यवस्थापन