ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, गुरुङलाई मागियाे २ करोड ४६ लाख रुपैयाँ धरौटी

काठमाडाैं, २४ भदाै । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले आइतबार उक्त थुनछेक आदेश गरेको हो। इजलासले थुनामा रहेका १८ जनामध्ये १७ जनालाई धरौटीमा र एक जनालाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।
अदालतले भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।
यस्तै गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५०, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जनलाई १ लाख १० हजार, देवनारायण महर्जनलाई १ लाख १०, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकरि घिमिरेलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।
केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन्।