चाईल्ड नेपालकाे सामजिक परिक्षण सम्पन्न
काठमाडाैं, ३० भदाै । बालबालिकाहरूकाे क्षेत्रमा क्रियाशील संस्था चाईल्ड नेपालले आफ्नाे सामाजिक परिक्षण सम्पन्न गरेकाे छ ।
काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिकामा आयाेजना गरिएकाे कार्यक्रममा संस्थाले सामाजिक परिक्षण सम्पन्न गरेकाे हाे ।
संस्था तथा कार्यक्रमका अध्यक्ष डा. कृष्ण सुवेदीले संस्थाकाे सामाजिक परिक्षणकाे महत्वका बारेमा प्रकाश पार्नुका साथै संस्थाकाे पारदर्शितामा उत्तरदाइत्व रहेकाे बताउनुभयाे । उहाँले भावी कार्यक्रमका लागि पृष्ठपाेषणमा जाेड दिन सबैलाई आह्वान गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले चाईल्ड नेपाल बालबालिकाकाे क्षेत्रमा क्रियाशील संस्था भएकाेले गुणस्तरीय शिक्षामा लगानीकाे लागि संस्थासँग साझेदारी गर्ने कुरामा जाेड दिनुभयाे । उहाँले नगरपालिकाभित्रकाे शैक्षिक क्षेत्रमा लगानीकाे उदेश्यले प्रारम्भिक बालविकासमा एक कराेड लगानीबाट बढाएर १३ कराेड पुर्याएकाे पनि बताउनुभयाे ।
संस्थाका कार्यकारी निर्देशक माेहन दँगालले गत वर्षको कार्य प्रगति तथा वित्त प्रगति प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमकाे छलफलमा सहभागीहरुले विशेष सुझावहरु दिनुभएकाे थियाे । छलफलमा सहभागीहरुले आगामी दिनहरुमा संस्थाले कार्यक्षेत्र विस्तार गर्ने, अभिभावक शिक्षालाई प्रभावकारी बनाउने, बालमैत्री नगर घाेषणामा सहजीकरण गर्ने, प्रारम्भिक बाल विकासमा थप कार्यक्रम गर्नुपर्ने लगायतकाे सुझावहरु दिनुभएकाे थियाे । निर्देशक दँगालले आएका सुझावहरु अगामी वार्षिक याेजनामा समावेस गर्ने बताउनुभयाे ।
कार्यक्रममा सामाजिक विकास समितिका संयाेजक शान्ता पुडासैनीले संस्थाले नगरकाे विषयगत नीति निर्माणमा सहजीकरण गर्नेमा जाेड दिनुभयाे ।