एमाले मुख्यालय अघि उँभिएर झलनाथको उद्घोषः छिट्टै पार्टी एकता हुन्छ (भिडियो सहित)

कोशीमा काठमाडौं, २ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशी प्रदेशमा आन्दोलनरत समूहसँग समेत गहन ढंगले छफल गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ ।

आज एमाले मुख्यालयमा नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

‘कोशी प्रदेशमा अहिले पहिचानको मुद्धा उठाएर आन्दोलन गरिरहेका आन्दोनकारी साथीहरुसँग गहन ढंगले छलफल र बहस गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अनि साझा सहमतिमा पुग्न नयाँ शिराबाट अघि बढ्नुपर्छ ।’

खनालले कोशी प्रदेशमा सरकार गठनका लागि बाम एकता गर्नुपर्नेमा जोड दिनुभयो । ‘बाम एकता गरौं, सरकार बनाऔं, कोशी प्रदेशबाट सुरु गरौँ,’ उहाँले सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ फर्काएँदै भन्नुभयो, ‘मेरो त्यति हो धारणा ।’

तत्कालिन नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादी बनेको थियो । त्योपछि पहिलो पटक नेकपा एमालेको मुख्यालय पुग्नु भएको खनाललाई सञ्चारकर्मीहरुले पहिलो पटक आफ्नो पुरानो पार्टीको मुख्यालय आउँदा कस्तो लागिरहेको छ भनेर प्रश्न गर्दा उहाँले खुशी लागेको बताउनुभयो । ‘नेकपा (एमाले)ले मलाई आज यो कार्यक्रममा निम्ता गर्यो । यो पहिलो निम्ता हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण नेकपा (एमाले)लाई म धन्यवाद दिन चाहन्छु । मलाई निम्ता गरेर एमालेले नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्तव्य दिने अवसर जुटाइ दियो । त्यसका लागि फेरि धन्यवाद ।’

उहाँले बाम एकताका सन्र्दभमा पनि खुलेर प्रतिक्रिया दिनुभयो । ‘भोलि हामी यो पार्टी एकताबद्ध गर्छौ । यो पार्टी छिटै एकताबद्ध हुन्छ । एकताबद्ध नहुनुका केही कारण छन्,’ उहाँले भन्नुभयो, ‘ती कारण विस्तारै हल हुन्छन् र सैद्धान्तिक, बैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा बाम पार्टीबिच एकता हुन्छ । विस्तारै कार्यकर्ताका बिचमा एकताको भावना विकास भैरहेको छ । कम्युनिष्ट आन्दोलन एक न एक दिन एकता हुनुको कुनै विकल्प छैन ।’

कोशीमा एकदमै भावनात्मक रुपले लाग्ने हो भने बाम सरकार बन्ने उहाँले दाबी गर्नुभयो । ‘कोशी प्रदेशको अग्रगति, प्रगति गर्छौ भनेर एकताबद्ध भएर तीन वटा बामहरु मिल्ने हो भने झण्डै दुई–तिहाई बहुमत हुन्छ,’ उहाँले भन्नुभयो, ‘चार वर्षका लागि मज्जाको सरकार बन्छ । त्यो ढंगले अघि बढ्नुर्पछ, मचाँहि त्यो पक्षमा छु । हेर्दै छु, के हुन्छ घटनाक्रम ।’