राजेश हिमालयको नेतृत्वमा फेलोसिपको सामाजिक सेवा

काठमाडौं।  लायन्स क्लव अफ काठमाडौं फेलोसिपले विभिन्न सामाजिक सेवा गर्दैआएको छ। यसक्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नंबर ४ नवलपुर स्थित श्रीभीमसेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालयको नेतृत्वमा गएको टोलीले विशेष सहयोग गरेको हो।

प्रेसिडेन्ट राजेश हिमालयका अनुसार, उक्त विद्यालयका १ सय ९२ विद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीका साथमा स्कुल व्यांग वितरण गर्ने कार्य भएको छ। सहयोग वितरण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका उपप्रमुख शोभना तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

Rajesh Himalaya News 41696055285.jpg

साथमा एरिया कोर्डिनेटर गणेश वहादुर आचार्य, आयोजक लायन्स क्लव अफ काठमाडौं फेलोसिपका कोषाध्यक्ष सुशीला श्रेष्ठ, सदस्यहरु चण्डिका श्रेष्ठ, गणेश वहादुर राना, युवराज गिरीको विशेष सहभागिता रहेको थियो । त्यस्तै, लायन्स क्लव अफ काठमाडौं ग्रीनसिटीका प्रेसिडेन्ट राजेन्द्र भट्ट, लायन्स क्लव अफ काठमाडौं दिवालयका प्रेसिडेन्ट बसन्त महर्जनको विशेष आतिथ्यता थियो ।

Rajesh Himalaya News 31696055286.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *