गणनायकको आयोजनामा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २  आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटको आयोजनामा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान भव्य रुपमा सम्पन्न भएको छ। जसमा १ सय १० जनाले रक्तदान गरेर पुण्य कमाएका छन्। त्यस्तै, ६ सय ३३ जनाको आँखा जाँच तथा १ सय ३३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको जानकारी आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका उपाध्यक्ष विष्णुमान श्रेष्ठले दिएका छन्। श्रेष्ठले २१ जनालाई निःशुल्क मोतियाविन्दुको अपरेशन गर्न तिलगंगा अस्पतालमा सिफारिस गरिएको भनेका छन्।

Free Eye Camp in Alapot 31696078236.jpg

कार्यक्रममा नेपाल रेडक्र सोसाइटी कागेश्वरी मनोहरा नगरापालिका उपशाखा, नेशनल ओपन स्काउट क्रेयु परिवार मूलपानी लगायत सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद तथा आभार आयोजक गणनायक कृषि सहकारी संस्था लिमिटेड, आलापोटका संस्थापक एवम् सामाजिक अभियन्ता बालकृष्ण श्रेष्ठले भनेका छन्। निकट भविष्यमा सहकारीले यस्तै विविध सामाजिक उत्तरदायित्वमय कार्यहरु गर्दैजाने प्रतिबद्धता पनि सहकारीले व्यक्त गरेको छ।

Free Eye Camp in Alapot 41696078237.jpg

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट र वडा नंबर १ गागलफेदीमा समेत विस्तारित गणनायक कृषि सहकारी संस्था कागेश्वरी मनोहरा नगरपालिकाकै अग्रणी कृषि सहकारी संस्थामा गनिदैआएको छ। जसव्दारा कृषक उपभोक्ताहरुलाई कृषि मल तथा विउ–बिजन सहुलियत दरमा उपलव्ध गराउने देखि ऋण सहयोग समेत उपलव्ध गराउने कार्य हुदैआएको छ।

Free Eye Camp in Alapot 91696078242.jpg