काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु
कपिलवस्तु, २९ कात्तिक। मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
काठमाडौँबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च १८६४ नम्बरको हाइलक्स गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा काठमाडौँ कलङ्कीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ।
दुर्घटनामा चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए।
