इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल वायु सेवा निगमको जहाज पठाइने

काठमाडौं, २४ असोज । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो ।

सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् भने स्वदेश फर्किनका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।