चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

काठमाडौं, १० कात्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको विहीबार मध्यरातमा हृदयाघातका कारण निधन भएको जनाएका छन् ।

नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । नेता ली ६८ वर्ष पुगेका थिए ।

राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए । नेता ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए ।