टि ट्वान्टी विश्वकप छनोट : सिंगापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौं, १३ कात्तिक । आइसिसी टि ट्वान्टी विश्वकप एशिया छनोट खेलमा सिङ्गापुर लाई ८ विकेटले हराउँदै नेपाल विजयी बनेकाे छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात सिंगापुरमाथि जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।