स्याङ्जाको चापाकोटमा श्रीमतीको हत्या गरी श्रीमान्ले गरे आत्महत्या

स्याङ्जा, १४ कात्तिक । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् ।

चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।

श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उहाँले बताउनुभयो ।

साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो ।

प्रहरी निरीक्षक यादवले हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उहाँले बताउनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरेर दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल पठाउने तयारी गरिरहेकाे जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *