संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय, दुई सहसचिव सचिवमा बढुवा
काठमाडौं, १६ कात्तिक । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाे हाे।
आजै बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसाे एक बजे राष्ट्रियसभाकाे बैठक अन्तिम बैठक बस्दैछ।
बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।