बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो

काठमाडौँ, २५ असोज । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। बाढीले गोरखाका अन्य स्थानमा रहेका झोलुङ्गे तथा पक्की पुलसमेत बगाएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *