माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार

भाषा साहित्यको उन्नयनमा योगदान

काठमाडौँ, २५ असोज । भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्रा. डा. माधवप्रसाद पोखरेललाई ५० हजार रुपियाँ राशिको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा प्राडा अभि सुवेदीले पोखरेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सो अवसरमा सुवेदीले भाषा साहित्यको उन्नयनमा पोखरेलले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।

पुरस्कार ग्रहणपछि पोखरेलले आफूलाई सम्मानित गरेकामा साहित्य सन्ध्याप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राडा हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पनि भट्टको साहित्यिक योगदान तथा पुरस्कृत व्यक्तित्व पोखरेलको योगदानबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *