आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि ओमानसँग खेल्दै नेपाल

काठमाडाैं, १९ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोट को उपाधिका लागि आज नेपाल र ओमान भिड्दै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ११ बजेदेखि सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान खेल्न लागेका हुन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको थियो

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ।

दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *