यस वर्षकाे भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे

काठमाडौं, २० कात्तिक । यस वर्षकाे भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको जनाएकाे हाे ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको बताउनुभएकाे छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ ।