नुवाकोटको लप्सेखोला झरना महोत्सव शनिबार
काठमाडौं, २२ कात्तिक । काठमाडाैं उपत्यका नजिक रहेकाे नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा शनिबार लप्सेखोला झरना महोत्सव हुँदैछ ।
पर्यटकीय गन्तव्य स्थापित गर्नका यही कार्तिक २५ गते शनिबार लप्सेखोला झरना महोत्सव हुन लागेकाे शिवपुरी गाउँ पालिकाले जनाएकाे हाे ।
शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा समुन्द्रादेवी युवा क्लवको व्यवस्थापनमा हुने महोत्सवमा स्थानीय स्तरका गुन्द्रुक, मकै र भटमासका साथै लोकल खानाको समेत भोजन गर्न पाइने आयोजकले जनाएको छ ।
बाह्र महिना सदावहार सय फिट उचाईबाट झर्ने यस झरनामा काठमाडौको सामाखुसी टोखा हुँदै । २४ किलोमीटरको सवारीमा पुग्न सकिने शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।
झरनालाई पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
टोखा सम्पदा संरक्षण दवु:ले महोत्सवको प्रचारप्रसार व्यापक बनाएकाे छ भने लाखाैंले झरनाकाे अवलाेकन गर्ने आयोजकले जनाएकाे छ ।
