धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति
कैलाली, २ मंसिर । कैलालीकाे धनगढीमा भीषण आगलागी भएको छ । आगलागीबाट अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
शुक्रबार राति करिब १ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।
आगलागीपछि धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।